टप फिचर

कानुनी रुपमा नै नदि दोहोन तीन महिनाको लागि बन्द भने पछि त्यो बन्द नै हो : प्रजिअ ढकाल

By Thah Online

July 12, 2020

नुवाकोट, असार २८ नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आफु कसैको शक्ति र पावरको आढमा नभई जनताको सेवाको लागि स्वईच्छाले नुवाकोट आएको बताएका छन् । केहि दिन अघि प्रमुख जिल्ला अधिकारीको रुपमा आएका ढकालले आईतवार जिल्लामा कार्यरत पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् ।

नुवाकोटमा असार देखि भाद्र महिना सम्ममा अवैधानिक रुपमा हुने नदि जन्य वस्तुको दोहोनको विषयले चर्चा पाउँने गरेको छ । सोहि समयामा जिल्लाका सिडियो परिवर्तन गरिनुलाई सर्वसाधरणहरुले भने अन्य शक्तिको चलखेल हुन सक्ने टिकाटिप्पणी गरिरहेका छन् । तर प्रजिअ ढकालले भने त्यस किसिमको टिकाटिप्पणी गलत भएको बताएका छन् । कानुनी रुपमा नै नदि दोहोन तीन महिनाको लागि बन्द भने पछि त्यो बन्द नै हो र त्यसको पूर्ण पालन गराउने उनले बताए ।

कार्यक्रममा पत्रकारहरु संग कुरा गर्दै प्रजिअ ढकालले, जनताको सेवा र कानुनको पालना गराउँनु आफ्नो पहिलो जिम्मेवारीता भएको बताए । उनले भने, कोहि पनि नागरिक हाम्रो सेवाबाट बन्चित हुनु पर्ने छैन् र कानुन विपरित काम गर्नेलाई कुनै पनि हालतमा छोड्ने छैन् । नागरिकका हरेक समस्याको समान तरिका बाट सम्बोधन हुने छ र कुनै राजनैतिक पावर र धम्किमा आफुले काम नगर्ने उनले बताए ।

आफुले अन्य जिल्लामा गरेको कामको अनुभव बारे बताउँदै प्रजिअ ढकालले, विना स्वार्थ केवल राष्ट्र र जनताको सेवामा आफू खटिएको र त्यसलाई निरन्तरता दिई रहने उनले बताए । साथै प्रजिअ ढकालले, अवैध काममा कुनै पनि किसिमको संम्झौता नहुने र बोल्ने मात्र नभई आफूले बोलेको कुरा पुरा गरेर छोड्ने बताए ।