आज ९८४ जना स्वदेश फर्किए, १०३ जना विदेशिए



काठमाडौं / २८ असार।
आइतबार उद्दार उडानबाट करीव १ हजार नेपाली स्वदेश फर्किएका छन् । त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार आइतबार ९८४ जना नेपाली विभिन्न वायुसेवा कम्पनीबाट काठमाडौं ओर्लिएका हुन्। यस्तै नेपालबाट भने १ सय ३ जना विदेश उडेका छन् ।

आइतबार बहराइनबाट नेपाल एयरलाइन्सले १ सय ४४ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ जना नेपालीलाई घर ल्याएको छ । हिमालय एयरलाइन्सले नै फिलिपिन्सको मनिलाबाट १ सय ८ जनालाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले नै क्वालालाम्पुरबाट १ सय ५६ जनालाई नेपाल अवतरण गराएको तथ्यांक छ । फ्लाइ दुबईले १ सय ६० जनालाई काठमाडौं फर्काएको छ ।

त्यस्तै नेपाल एयरलाइन्सले जापानको नारिताबाट २ बच्चासहित २ सय ६२ जनालाई काठमाडौं ल्याएको छ । आइतबार दमाम र क्वालालाम्पुरबाट २/२ वटा शव नेपाल ल्याइएको छ ।

आइतबार आन्तरिकतर्फ मनाङ एयरले सुर्किबाट २ र सिमि्रक एयरले बुटवलबाट ४ जनालाई काठमाडौं ल्याएका छन् । सोमबार र मंगलबार भने उद्दार उडान रोकिएको छ । बुधबारबाट पुनः शुरु हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्