हक अधिकार खोसिएको भन्दै सांसद गिरीद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं / २८ असार ।
समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले आफ्नो हक अधिकार खोसेको भन्दै सर्वोच्च अदातलमा रिट दायर गरेकी छिन् । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भएको भन्दै गिरीले आइतबार सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

सांसद गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् ।

असार २५ गते (बिहीबार) पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट गिरी निष्कासित भएकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्