दाङमा ८७ बर्षिय नाङ्गोडाडाँलाई हरियाली बनाउने अभियानमा चिउरी बगान (फोटोफिचर)



दाङ /२९ असार।
दाङको घोराही—मुकृट्टी हुदै प्यूठान जोड्ने सडकखण्डको छेउमा रहेको काउले डाँडालाई जिल्लाकै चिउरीको बगान बनाउन शुरु गरिएको छ । ऐतिहासिक महत्व बोकेको गडीलेखको काखमा रहेको काउलेडाँडाको खाली बन क्षेत्रमा बहुउपयोगि चिउरीको उद्दान बनाइ पर्यटकिय स्थल बनाउने योजनाका साथ काम शुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

जिल्ला सदरमुकाम घोराहीदेखि पूर्वउत्तरतर्फ नजिकमै रहेको काउले वातावरणीय दृष्टीले चिसो क्षेत्र र उक्त लेखबाट दाङको प्रायः सवै क्षेत्र देख्न सकिन्छ । अहिलेपनि मानिसहरु वनभोज लगायतका आन्तरिक जमघट, वनभोज लगायतका काम गर्न जाने पनि गर्छन । उक्त स्थानलाई चिउरीको बगानमा बिकास गरी आन्तरिक पर्यटक बढाउने गरी काम अघी बढाइएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

चिउरी बगान बनाउनका लागि डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाको सिमानामा रहेको काउलेडाडाँको करिव ५ हेक्टर वन क्षेत्रमा तारबार सहित एक हजार आठ सय चिउरीका बिरुवा रोपेको छ ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र डिभिजनल प्रमुख ज्ञवालीले आइतवार चिउरी बिरुवा रोपेर काउलेको डाँडालाई चिउरी बगाउन बनाउने अभियानका शुभारम्भ गर्नुभयो ।

सुनपुर सव डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा स्थानीय अम्विकेश्वरी सामुदायिक वन क्षेत्रमा थालिएको उक्त अभियानमा सयौ उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

बृक्षरोपणमा ८७ बर्षिय बृद्धदेखि किशोरकिशोरीसम्मको सक्रियता

आइतवार बिहानै सिमसिम पानी परिरहेको थियो । कुहिरोले वातावरण घपप्क ढाकेको थियो । हातमा पुरानो छाता र लौरो टेकेर करिव आधाघण्टा पैदली हिडेर ८७ बर्षिय रामप्रसाद कि.क. चिउरीको बिरुवा लगाउन पुग्नुभयो । पुरानामा घरधुरी अवसरको खोजीमा शहर हिडिसके नाङ्गा डाडापाखा उजाड हुदै गएकोमा बिकको मन खाएको छ । तर अहिले सोहि डाडाँपाखालाई हराभरा गराउने अभियान थालिएकोमा उहाँ खुशी हुनु भएको छ । उहाँ मात्रै होइन स्कूले किशोरदेखि प्रत्येक घरघरबाट सक्रिय सहभागि भइ तारबार गर्ने, बिरुवाको खाडल, खन्ने, घरबाटै प्राङ्गारिक मल जम्मा गरेर बिरुवा लगाउनेसम्मको काममा उनीहरु खटेका छन । “माटोलाई भर, माहुरीलाई घर, चिउरीको ध्यू खान लाग्यो है रहर”भन्ने नारा बनाएरै चिउरीको बगान बनाउने अभियान थालिएको अम्विकेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छविलाल कवरले जानकारी दिनुभयो ।

चिउरीको बगान बनाइएपछि पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्नेसगै माहुरी चरण क्षेत्र, हरियाली, डालेघाँस र वनस्पती ध्यूमा समेत प्रयोग गर्ने सकिने बहुउपयोगी अभियानमा डिभिजन वन कार्यालयले स्थानीयलाई सहयोग गर्ने प्रतिवद्धता डिभिजन प्रमुख ज्ञवालीले स्थानीयसँग गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्