विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच रोचक भीडन्त



सैघाली खबर,सुनसरी। सुनसरीको क्षेत्र नम्बर–३ मा विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच रोचक भीडन्त भइरहेको छ । पछिल्लोपटक सार्वजनिक मत परिणाम अनुसार विजय गच्छदारले र २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् भने भगवती चौधरीले २९ हजार ३ सय २६ मत पाएकी छिन् ।

अझै २४ हजार ८ सय मत गन्न बाँकी नै छ । हालसम्म गनिएको क्षेत्रमा वाम गठवन्धन पकड भएको क्षेत्र हो भने मत गन्न बाँकी भएको क्षेत्र गच्छदारको मानिन्छ ।

अब सिमरिया, चन्मुना, सिटाहलगायतका क्षेत्रमा मत गन्न बाँकी छ । यी क्षेत्र नेपाली कांग्रेसको पकड राम्रो मानिएको क्षेत्र हो ।

अहिलेसम्म एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छिन् भने मतान्तर जम्मा १ सय ५५ को मात्रै रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्