दाङको लमहीमा होमस्टे र सडक सौन्दर्यका लागि फुलहरु लगाईयो



टेकबहादुर पुन, दाङ । दाङको देउखुरी स्थित चौधरी होमस्टे सौन्दर्यका लागि फुलजातका बिरुवा लगाईएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा होमस्टेलाई लक्षित गरि सडक सौन्दर्यका लागि विभिन्न १ सय ८७ वटा फुल जातका बिरुवा लगाईएको हो ।

डिभिजन बन कार्यालय देउखुरीले प्रदेश बन मन्त्रालय मार्फत प्राप्त १० लाख रुपैयाको लागतमा अलबन्डा, सेतो, पहेंलो, करेटन, एक जोडा, रङबदल, निलकमल, टिकोमा प्रजाती, युनिस पास, ग्रीन टिबुलिया, लगातयका मुल्यबान फुलजातका बिरुवाहरु लगाईएको डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिँडारीले जानकारी दिनुभयो । बिरुवा सँरक्षणका लागि सबैको उत्तिकै दायित्व रहेको भन्दै प्रमुख बिँडारीले होमस्टे आकर्षणमा थप टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरिको अध्यक्षता एबम् डिभिजन प्रमुख प्रबिण बिडारीको प्रमुख आतिथ्यतामा बृहत् बृक्षारोपन तथा सडक सौन्दर्यकरण अन्तरगत फुल जातका बिरुवाहरु लगाईएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहन गिरिले सडक नै हराभरा बनाउने उद्देश्यले फुलहरु लगाईएको बताउनु भयो । सडक सौन्दर्यले होमस्टे सञ्चालनमा टेवा पुर्याउने बिश्वास ब्यक्त गर्दै वडाध्यक्ष गिरीले बनघुस्री होमस्टेलाई बाहिरि जिल्लामा पनि परिचित गराउन सदैब लागिपर्ने बताउनुभयो ।

सोही अबसरमा कर्रि सामुदायिक बन उपभोक्ता समितिको भवन परिसर भित्रपनि करिब ५० वटा ब‍ोट बिरुवा लगाईएको बनका अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनुभयो ।
फुलहरुको संरक्षणका लागी तारजालीको ब्यबस्था पनि गरिएको छ ।

सामान्य तया बजारको मुख्य क्षत्र राजमार्गको बिचमा फुलहरु लगाई सडकको सौन्दर्यता बढाउने चलन हुन्छ । तर लमही नगरपालिकाको मुख्य राजमार्ग लगायत अन्य बजारका सडकहरुमा सो ब्यबस्था छैन । बजार क्षत्रमा तत्कालका लागी सौन्र्दयकरण गर्न उपयुक्त स्थान नपाईएको भन्दै लमही नगरपालिका ७ नम्बर वडा कार्यालय र कर्रि सामुदायिक बन उपभोक्ता समिति संगको सहकार्यमा बनघुस्री स्थित होमस्टे रहेका टोलहरुमा सडक सौन्दर्यकरणका लागि फुलहरु लगाईएको डिभिजन बन कार्यालय देउखुरीले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्