शिक्षा

अनलाइन शिक्षाको नाममा शुल्क उठाउने विद्यालयलाई कारबाही स्वरूप कालो ब्यानर टाँगीयो

By Thah Online

July 13, 2020

बाके संवाददाता ।अखिल (क्रान्तिकारी )बाकेले भेरी कर्णाली व्युरो अन्तर्गतका विभिन्नमा बिधालयमा कोभिड १९ को महामारीको समयमा बन्दाबन्दिको अस्वस्था अनलाइन शिक्षाको नाममा शुल्क उठाउने एक सामुदायिक विद्यालयसहित बाँकेका ८ वटा विद्यालयमा कारबाही स्वरूप कालो ब्यानर टाँगेको छ ।

अखिल (क्रान्तिकारी)बाँकेले भेरी(कर्णाली ब्युरो अन्तरगतको पहिलो चरणको संघर्षको कार्यक्रम स्वरुप त्रिभुवन नमुना मावि, कोहलपुर, बागेश्वरी एकेडेमी, वेस्टर्न मावि, कोहलपुरबागेश्वरी मावी,हिमालय विद्या निकेतन, आदर्मावि,नेपालगन्ज एविसी रेजिडेन्सियल मावी,र युनाइटेड मावि, नेपालगन्ज का ८ बिधालयमा चेतावनी स्वरुप कालो ब्यानर टाँगिएको बताइएको छ ।

संगठनले बिगतमा पनि पटकपटक ध्यानाकर्षण पत्र बुझाउने बिद्यार्थीद्वारा बिरोध प्रदर्सन शुल्क नलिन भनी अभिभावक बीच अन्तक्रिर्या गरेको थियो ।शुल्क उठाउने कार्य तत्काल बन्द नगरिए अझै सशक्त आन्दोलन गर्ने अखिल (क्रान्तिकारी)बाँकेले चेतावनी दिएको छ ।