थप १४४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १६,९४५ पुग्यो



काठमाडौं / २९ असार
पछिल्लो २४ घण्टामा थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै समेत देशभर हालसम्म संक्रमितको संख्या १६ हजार नाै सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सोही अवधिमा एक हजार सात सय पाँच जना निको भएर डिस्चार्ज भएको बताए ।

हालसम्म निकाे हुने १० हजार २ सय ९४ जना छन् । निको हुने प्रतिशत ६०.७ रहेको मन्त्रालयले जनाएको छ

२४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्