प्रदेश ५

सिसहनियाँ- महदेवा जोड्ने राप्ती पुलमुनी शव फेला

By Thah Online

July 13, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ २९ असार । दाङ देउखुरीको सिसहनियाँ – महदेवा जोड्ने राप्ती पुलमुनी आइतबार शव फेला परेको छ । प्युठान जिल्ला मल्लरानी गाउँपालिका ५ बेलडाँडा निवासी गनबहादुर थापाका छोरा वर्ष २७ का दिपक थापा रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । असार २७ गते माडी र झिमरूक नदीको बिचमा रहेको राप्ती खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएर बेपत्ता भएका थापाको शव असार २८ गते अाइतवार गढवा गाउँपालिका २ महदेवा स्थित राप्ती पुलमुनी पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि अाइतवारनै बिजुवार अस्पताल प्युठान पठाइएको प्रहरीले जानकारी दिएको छ ।