टप फिचर

काठमाडौँमा चल्न थाले सार्वजनिक यातायात

By थाहा अनलाइन

July 13, 2020

काठमाडौं / २९ असार । काठमाडौँमा आज बाट सार्वजनिक यातायातहरु सञ्चालन भएका छन् । केही यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गर्न नमानिरहेको समयमा केही सार्वजनिक यातायातहरु भने आजबाट चलेका हुन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेसंगै यातायात व्यवसायीहरु विभिन्न माग राखिरहेको बेला मयूर र संयुक्त यातायात प्रालि लगायतले सेवा सुरु गरेका हुन् ।

बसमा सरकारले तोके अनुसारका यात्रु राखेर नै बस सेवा संचालन गरेको देखिन्छ । सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछिमात्र यातायात चलेका हुन् ।