गुल्मीको धुर्कोट चिलिखोला झोलुङगे पुलको उद्घाटन



गुल्मी / असार २९
गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ५ वस्तुको ठाकुरडाडा रानाचौर जोड्ने चिलिखोला झोलुङगे पुलको उद्घाटन गरिएको छ ।

१ सय २ मिटर लम्बाई र ३६ मिटर उचाइ रहेको उक्त पुलको २०७६ साल पुष १६ गते शिलन्यास गरि सुरुवात गरिएकोमा कोरोना भाइरस संक्रमणको जोखिमको कारण स्थगित गरिएको थियो ।

२०७७ साल बैशाख २ गतेबाट उक्त पुललाई निरन्तरता दिएर जेठ २८ गते काम सम्पन्न गरिएको हो । पुल सम्पन्न गर्नको लागि सृजनशील सामुदायिक बिकास केन्द्र र सेवक नेपालको प्राविधिक सहयोग रहेको थियो । कुल ३७ लाख ५५ हजार ८ सय १५ लागतमा निमार्ण सम्पन्न गरिएको उक्त पुलको आज गाउपालिका अध्यक्ष भुपाल पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोख्रेलले आफ्नो कार्याकालको तेस्रो वर्षसम्म २ वटा पुल सम्पन्न भएको बताउनुभयो । पुल निर्माण सम्पन्न भएसगै आवतजावतमा धेरै सहज भएको भन्दै उहाले समयमै पुल सम्पन्न गरेकोेमा धन्यावाद दिनुभएको थियो ।

यस्तै वडाअध्यक्ष ढुण्डीराज भण्डारीले कोरोना भाइरस महामारीको बिच पनि पुलको निर्माण सकाएकोमा निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्ण लाई धन्यावाद दिनुभएको थियो ।कार्यक्रममा पुल बनाउने मिस्त्री मान बहादुर थापालाई सम्मान गरिएको थियो ।

पुल निर्मांण समितिका उपाध्यक्ष झविन्द्र बिकको स्वागत मन्तव्य सगै सुरु भएको उद्धघाटन समारोहमा सृजनशील सामुदायिक बिकास केन्द्रका प्रतिनिधि नरेश भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम चिलिखोला झोलुङगे पुल निर्माण उपभोक्ता समितिका सचिव रिसिराम पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्