सुन्दर यातायात भोलिदेखि सञ्‍चालनमा आउने, पुरानै भाडादर कायम



काठमाडौं / २९ असार।
काठमाडौं उपत्यकामा सुन्दर यातायातले मंगलबारदेखि चार वटा विजुली बस सञ्‍चालन गर्ने भएको छ। यातायातले सोमबार विज्ञप्ति जारी गर्दै लकडाउन अगाडिकै भाडादरमा चारवटा बिजुली गाडी चलाउने जानकारी दिएको हो ।

हरेक एक राउण्डमा बसलाई डिसइन्फेक्शन गर्ने र चालक र सह-चालकलाई छुट्टै पञ्‍जा, सेनिटाइजर, पीपीइ, बुट र मास्क उपलब्‍ध गराउने यातायात प्रालिले जनाएको छ।

यसका साथै सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइकन पुरानै भाडादरमा यात्रा गराउने सुन्दर यातायातले जनाएको छ। यसअघि सोमबारदेखि मयुर यातायातले पनि चार वटा बस काठमाडौं उपत्यकामा सञ्‍चालनमा ल्‍याइसकेको छ।

प्रेस विज्ञप्ति…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्