विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३० लाख, ५ लाख ७१ हजारको मृत्यु



काठमाडौँ / ३० असार ।
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ।

 

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १ करोड ३० लाख ४८ हजार २ सय ४९ पुगेको हो।

त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार ८ सय १७ पुगेको छ।

यस्तै निको भएर घर फर्किनेको संख्या ७२ लाख १५ हजार ८ सय ६५ छ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।

अमेरिकामा संक्रमितको संख्या ३३ लाख ६१ हजार ४२ पुगेको छ भने १ लाख ३५ हजार ५ सय ८२ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिलमा १८ लाख ८४ हजार ९ सय ६७ संक्रमित र ७२ हजार ८ सय ३३ मृत्यु, भारतमा ८ लाख ७८ हजार २ सय ५४ को संक्रमित र २३ हजार १ सय ७४ को मृत्यु तथा रुसमा ७ लाख ३२ हजार ५ सय ४७ संक्रमित र ११ हजार ४ सय २२ जनाको मृत्यु भएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्