अन्तर्राष्ट्रिय

अमेरिकी उच्च अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध

By थाहा अनलाइन

July 14, 2020

काठमाडौँ / ३० असार । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले केही अमेरिकी उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहित अरु केही अधिकारीहरुलाई चीनले प्रवेश गर्न नदिने भएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार पत्रकारहरुमाझ यसबारे जानकारी दिएकी हुन् । उनले विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएको प्रतिक्रिया दिएकी थिइन् ।

चीन र अमेरिकाबीच आन्तरिक दुश्मनी बढिरहेको छ। अमेरिकाले पनि यसअघि चिनियाँ नेताहरुमाथि प्रतिबन्ध लगाएको थियो । चीनले त्यसको प्रतिक्रियाको रुपमा अमेरिकी अधिकारीहरुलाई रोक लगाएको हो ।