टप फिचर

धनुषाको सबैलामा दुई दिनदेखि एनसेल नेटवर्क अवरुद्ध , स्थानीय मर्कामा

By Thah Online

July 14, 2020

धनुषा धनुषाको सबैलामा दुई दिनदेखि एनसेल  सेवाको मोबाइल नेटवर्क अवरुद्ध भएको छ।

जिल्लाका सबैला नगरपालिकाको वडा न. ११ इनरुवा ,वडा न. १३ ढोलबजा र वडा न. ३ सबैला बजार लगायतका ठाउँमा राखिएको एनसेल सेवाको मोबाइल नेटवर्क अवरुद्ध भएपछि शनिबारदेखि सबैला एन्सियलको मोबाइल सम्पर्क विहीन भएको हो।

अविरल वर्षाको कारण लगातार दुई दिनदेखि एनसेलको मोबाइल सेवा सञ्चार नभएपछि सबैला नगरको सबैला बजार , इनरुवा,ढोलबजा लगायतका दर्जनौं बस्तीहरू सम्पर्कविहीन भएका हुन्। एन्सियलको नेटवर्क नहुँदा जिल्लाभित्र र बाहिर रहेका आफन्तहरुसँग कुरा गर्न समस्या भएको एक स्थानीयले मधेश२४ लाई बताए।

यता, टावर अवरुद्ध भएको कारण सम्बन्धि शाखामा फोन गर्दा कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।