सरकारी विद्यालयमा क्वारेन्टिन, निजीमा कक्षा सञ्चालन ?




गगन राज गजुरेल / नुवाकोट
विश्वभर कोरोना भाइरस(covid-19) को माहामारी फैलिएपछि हामो देश नेपालमा पनि २०७६ चैत ११ गते बाट नेपाल सरकार ले लकडाउन घोषण गर्‍यो । लकडाउन को घोषणा पछि मुलुको शिक्षा क्षेत्र, उद्योगधन्दा, कलकारखाना लगाएतका क्षेत्रहरू बन्द गरियो ।

३ महिना सम्म लकडाउनमा रहेकोले मुलुको अर्थतन्त्र भने डामाडोल भएको छ । करिब तिन महिना पछि उद्योगधन्दा , कलकारखाना र साना उद्योगहरु संचालनमा आएका छन्। तर शिक्षा क्षेत्रमा भने केहि सुधार आएको छैन ।

मध्यमिक शिक्षा परिक्षा (एस.ई.ई) समेत नगराइकन विधालयको आन्तारिक मुल्याङ्कन को आधारमा विधार्थी को नतिजा प्रकाशन गर्ने भनिएको छ । बाहिर देशबाट आउने मान्छेहरलाई कवारेन्टिन मा राख्नुपर्ने भएको कारणले गर्दा सरकारी विद्यालयको भवनलाई क्यारेन्टिन बनाउने सरकारले निर्णय गर्‍यो । अहिलय मुलुकको अधिकांस सरकारी विद्यालयहरूमा क्वारेन्टिन बनाइएको छ ।

सबै सरकारी विद्यालयको भवनमा क्वारेन्टिन निर्माण गरिएको कारणले विद्यालय संचालनमा समस्या आइरहेको छ तर निजी विद्यालयहरूले भने सरकारको नियमको पालना नगरिकन आफ्नो मनोमानी गरिरहेको छ। अहिल्य नेपालको अधिकांस निजी विद्यालयले विद्यालयमै विद्यार्थीहरुलाई बोलाएर कक्षा संचालन गरिएको छ भने कुनै निजी विद्यालयले अनलाइन कक्षाको नाममा अभिभाबक सँग शुल्क लिइरहेको पनि पाउन सक्छौ ।

यस्तो माहामारीको बेलामा स्वास्थे सुरक्षा नअपनाइ निजी विद्यालयले विद्यार्थीहरूलाई विद्यालयमा बोलाएर मनोमानी ढंगबाट कक्षा संचालन गर्दा कोरोना भाइरस समुदाय स्तरमा बढ्न सक्ने खतार चिकित्स हरुले बताउदा बताउदै पनि मासिक शुल्क अभिभावक संग असुल्नको लागि कक्षा संचालन गर्दै आएका छ्न ।

निजी विद्यालयको विरुद्ध सरकार किन मौन छ? अधिकांस सरकारी विद्यालयहरू ग्रामीण भेगमा भएको हुँदा र ग्रामीण भेगमा इन्टरनेटको पनि व्यवस्था नभएकाले सरकारी विद्यालयका विध्यार्थीहरु भने अनलाइन शिक्षाबाट पनि बन्चित छन् ।

कयौ निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु पनि ग्रामीण भेगको भएका र उनीहरु सँग पनि इन्टरनेट को व्यवस्था नभाको र कोही विद्यार्थी सँग त अनलाइन पढ्न को लागि मोबाइल पनि छैन तर निजी विद्यालयले सहरी भेगको विद्यार्थीलाई मात्र शिक्षा प्रदान गरिरहेको देख्न सक्छौ। के सहरी भेगका विद्यार्थी मात्र विद्यार्थी हुन् ? ग्रामीण भेगका विद्याथीको लागि सरकारको व्यवस्था कस्तो छ ?

कोरोनाको माहामारी ले गर्दा नेपाल को शिक्षा राणाकालिन अवस्था जस्तै भएको हो ? धनीमानी र सहरी क्षेत्रकाले मात्र पढ़न पाउने । त्यसैले सरकारले शैक्षिक क्षेत्रको लागि कडा भन्दा कडा र छिटो भन्दा छिटो निर्णय गर्न आवश्यक छ ।

निजी विद्यालय विरुद्ध सरकार किन मौन छ । यसको जवाफ पनि सरकारले चाडोभन्दा चाडो जवाफ दिन जरूरी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्