ब्यानर समाचार

थप ११६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७,१७७ पुग्यो

By थाहा अनलाइन

July 15, 2020

काठमाडौं / ३१ असार। पछिल्लो २४ घण्टामा थप एक सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या १७,१७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइन २४ हजार पाँच सय २७ जना छन्।

आइसोलेसन ६ हजार एक सय १३ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेका छन्।

मन्त्रालयका अनुसार ११ हजार २५ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६४ प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। कोरोनाकै कारण ३८ जनाले ज्यान गुमाएका छन्।