टप फिचर

काठमाडौँका थप ७ जनामा कोरोना पुष्टि

By थाहा अनलाइन

July 15, 2020

काठमाडौं / ३१ असार। काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडाँैका थप ७ जनामा कोरोना पोजिटिभ भेटिएको बताए।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४, शुक्रबारज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतताल महारागन्जमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।