दाङ्गमा गाडीको ठक्कर बाट एकजना गम्भिर



टेकबहादुर पुन,दाङ्ग/ ३१ असार ।
दाङ्ग जिल्लाको लमहीमा गाडीको ठक्कर बाट एकजना गम्भीर घाईते भएका छन ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी ४० बर्षिय तेजसिङ्ग चौधरी गम्भीर घाईते भएका हुन ।

पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको ना ५ ख ७५७६ नम्बरको मिनिट्रकले चौधरीलाई ठक्कर दिएको प्रहरी चौकी गोझेनाका प्रमुख प्रेम ओटले जानकारी दिनुभयो ।

टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार पछि बुटवल रेफर गरिएको घाईतेका आफन्ती सर्जुन चौधरीले बताउनु भयो। गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्