राम जन्मभूमिको ऐतिहासिक तथ्यहरूको विषयमा पुरातत्त्व विभागले अध्ययन गर्ने



काठमाडौं/ ०१ साउन।
पुरातत्त्व विभागले रामजन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यहरूको अध्ययन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको एक कार्यक्रममा राम जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गरेपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल र बहस प्रारम्भ गरेको छ ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भन्नुभयो, “अयोध्याको विषयमा प्रारम्भिक छलफल प्रारम्भ गरेका छौँ ।” उहाँले इतिहासकार, खोज र अनुसन्धानकर्ताहरूसँग यस विषयमा छलफल अगाडि बढाइने बताउनुभयो ।

सोही विषयलाई लिएर नेकपाका नेता वामदेव गौतमले राम जन्मभूमि अयोध्याको विषयलाई प्राविधिक तथा इतिहासविद्हरूमार्फत् अयोध्याको विषयमा अनुसन्धान र तथ्य सङ्कलन गर्नुपर्ने बताउनुभएको छ। यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्