कञ्चनपुरको पुनर्वासमा कोरोना जितेर आएका दुई स्वास्थ्यकर्मी सम्मानित



कञ्चनपुर / ०१ साउन
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अग्रमाोर्चामा रहेर काम गर्ने पुनर्वासका दुई स्वास्थ्यकर्मी कोरोना जितेर फर्किए पछि स्वास्थ्यकर्मीको हौसलाका लागि सम्मान गरिएको छ ।

पुनर्वास नगरपालिकाको सातौ नगर सभाबाट नगर प्रमुख जिवनराज थापाले कोडिभ १९ को आग्रमोर्चामा रहेर कामगर्ने क्रममा कोरोना पुष्टि भए पश्चात कोरोना जितेर आएका दुई जना ल्याब टेक्निसियनलाई सम्मान गरेको थियो ।

सातौ नगर सभा बाट परासन स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्टद्वय जनक धामी र दुर्गादत्त भट्टलाई सम्मान गरिएको थियो। । उनीहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । पुनर्वास नगरपालिका का श्रदेय नगर उपप्रमुख शारदा बिष्ट ज्यूले दोसल्ला ओढाई नगरप्रमुख जीवनराज थापा ज्यूको बाहुली बाट सम्मान पत्र प्रदान गर्दै गरिमामय नगर सभाबाट सम्मानित गरेका थिए ।

सम्मान पत्र ग्रहण गर्दै आफु हरुलाई सम्मानले काम गर्न थप हौसला प्रदान गरिएको कोरोना जितेका स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना संक्रमितलाई समाजको अधाग सहयोग आवश्यक रहेको उनीहरुको भनाईछ ।

सातौ नगर सभा बाट स्वस्थकर्मी लगायत नगरपालिकाको कोरोना भाइरस कोभिड १९ को संक्रमण र जोखिम रोकथामका साथै नियन्त्रणका लागि सहयोग गर्ने सहयोगदाताहरुका साथै सुरक्षाकर्मीहरुलाई समेत सम्मान गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्