टप फिचर

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरो, दुई घर बगायो, पाँच बेपत्ता

By Thah Online

July 16, 2020

सिन्धुपाल्चोक । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले सिन्धुपाल्चोकको फुल्पिङका २ घर बगाएको छ ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् ।

राति साढे १ बजेतिर बजे वर्षासँगै झरेको पहिरोमा घर बगाएको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए ।

पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । – रासस