नुवाकोट,साउन १
नुवाकोट घण्टा घरको घडि, समय दिन्छ चार थरी यो भनाई सामाजिक संञ्जाल फेसबुकमा चर्चित भएको छ । विदुर नगरपालिका वडा नं। ४ बट्टारमा रहेको घण्टा घरमा राखिएको चार वटा घडिले चारै थरी समय दिन थाले पनि यो विषय चर्चामा आएको छ ।
बागमती प्रदेश सरकारको ५० लाख लागतमा निर्मित उक्त घण्टा घरमा राखिएको घटिले फरक फरक समय दिन थाले पछि स्थानिय युवाहरुले सामाजिक संञ्जालमा विरोध समेत जनाएका छन् । जिल्लामा पहिलो पटक बनेको उक्त घण्टा घरका कारण पनि जिल्लाको छुट्टै पहिचान हुने र पर्यटकलाई पनि आकर्षित गर्न सकिने भएकाले जिल्लावासिले त्यसलाई नमुना कार्यको रुपमा लिएका थिए । तर घण्टा घरले नै समय फरक दिन थाले पछि आम नागरिकले असन्तुष्टि जनाएका छन् ।
८० प्रतिशत निर्माण सम्पन्न भईसकेको उक्त घण्टा घरको बाँकि काम कोरोनाका कारण सृर्जना भएको लकडाउनका काम प्रभावित भएको वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठले फेसबुकमा भएको टिकाटिप्पणीलाई लिएर उनले भने, निर्माण सम्पन्न नभएको, पहिलो अनुभव र काम गर्ने कामदार पनि भारतको भएकाले लकडाउनका कारण काम गर्ने मान्छे आउन नसकेको हुदाँ उक्त घडिको समय नमिलाएको हो, मान्छे र सामान आए पछि छिट्टै काम सम्पन्न हुन्छ ।
निर्मित घण्टा घरमा रहेको एउटा घटिको मिनेट सुई नै छैन् भने अन्य तीन वटा घडिले फरक फरक समय दिईरहेका छन् । निर्माण कार्य बाँकि रहेकाले पनि त्यस्तो समस्या देखाँ परेको र त्यसलाई गलत प्रचार प्रसार नगर्न समेत वडाध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।