चुनाव सकिए लगत्तै पार्टी एकताबारे यस्तो भने प्रचण्डले



सैघाली खबर,
चितवन २५ मंसिर, । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिनु भएको छ ।

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिनु भयो । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उहाले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताउनु भयो ।

सरकार गठनका क्रममा भागवण्डामा सदस्या हुनसक्छ कि भन्ने प्रश्नमा उहाले भन्नु भयो ‘भागवण्डा हाम्रो मुख्य एजेण्डा होइन । सम्बृद्धि र स्थायित्व हाम्रो एजेण्डा हो ।’

उहाले सरकार गठन अघि नै पार्टी एकता गर्न पाए हुन्थ्यो भन्ने लागेको तर, समयले सम्भव नहुन सक्ने भन्दै सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढ्ने बताउनु भयो।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई धन्यवाद दिए । पराजय भोग्नु पर्ने थाहा हुँदा हुँदै चुनाव गर्ने बाचा पूरा गरेको भन्दै उहाले देउवालाई धन्यवाद दिनु भयो ।

प्रदेश २ को मत परीणामले वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने देखाएको उहाले बताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्