सञ्चारमाध्यमको नवीकरण नि:शुल्क गर्ने सरकारको निर्णय



काठमाडौं / ०१ साउन।
सरकारले सञ्चार माध्यमहरुका लागि नवीकरण शुल्क छुट दिने निर्णय गरेको छ।

डा युवराज खतिवडाका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

कोभिड—१९ का कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको डा. खतिवडाले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्