सुर्खेतमा वाम गठबन्धनको क्लिन स्वीप, कांग्रेसको गढ भत्कियो



सैघाली खबर,
सुर्खेत २५ मंसिर,। प्रदेश नं। ६ को प्रस्तावित राजधानी सुर्खेतमा नेपाली कांग्रेसको गढ भत्किएको छ ।

०७० को संविधानसभा चुनावमा क्लिन स्वीप गरेर जिल्लालाई कांग्रेस गढका रुपमा चिनाएको कांग्रेस प्रदेश र प्रतिनिधिसभा चुनावमा भने सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग पराजित भएको छ । यो सँगै वाम गठबन्धनले सुर्खेतमा क्लिन स्वीप गरेको छ ।

हाल प्रतिनिधिसभाका दुई र प्रदेशसभा सदस्यका चारवटै क्षेत्रमा एमाले र माओवादीका उम्मेदवारहरु विजयी भएका छन् ।
सुर्खेत क्षेत्र नं। १ मा हालसम्मका चुनावमा अपराजित पूर्व गृहमन्त्रीलाई एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले पराजित गरेका छन् ।

शाही ३६ हजार ७५९ मत ल्याए र विजयी भए । खड्काले ३३ हजार ३७७ मत मात्रै ल्याए ।

यस्तै प्रदेश ९क० मा माओवादीका युवा नेता ठम्मर विष्टले कांग्रेस उपसभापति टेकबहादुर सिंहलाई १५ हजार ३५२ मत ल्याए र पराजित गरे । सिंहले १५ हजार १३२ मत ल्याए ।

प्रदेश ९ख० मा एमालेका खड्क खत्रीले कांग्रेसका झकबहादुर डांगीलाई २१ हजार ६२१ मत ल्याएर पराजित गरे । डांगीले १७ हजार ७२८ मत ल्याए ।

यता प्रतिनिधिसभाको क्षेत्र नं। २ मा एमाले पूर्व जिल्ला अध्यक्ष नवराज रावतले पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीलाई पराजित गरे ।

रावतले ३७ हजार ४४७ मत ल्याए भने थानीले २८ हजार ६४६ मत ल्याए ।

सोही निर्वाचन क्षेत्रको प्रदेश ९क० मा पूर्व मन्त्री तथा एमालेका पोििलटव्यूरो सदस्य यामलाल कंडेलले कांग्रेस जिल्ला सभापति कमलराज रेग्मीलाई पराजित गरे । कंडेलले २१ हजार २८२ मत ल्याएर विजयी भए भने रेग्मीले १५ हजार ९४७ मत ल्याए ।

यता प्रदेशसभा ९ख० मा पनि वाम गठबन्धनवाटै माओवादी केन्द्रका विन्दमान बिष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गरेका छन् ।

विन्दमानले १५ हजार ६४८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२ हजार ४७७ मत मात्रै ल्याएर पराजित भए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्