मुख्यमन्त्री राउतद्वारा विरेन्द्र,शम्भू र राजु सदाको परिवारलाई पाँच पाँच लाख सहयोग




जनकपुरधाम, साउन १ ।  मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच÷पाँचलाखको चेक हस्तान्तरण गरेका छन् । 
लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीद नगर नपा ९का बिरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नपा १२का शम्भु सदा र आइसोलेशनमा मृत्यु भएका हंसपुर नपाको राजु सदाको परिवार लाई मुख्यमन्त्री राउतले पाँच÷पाँच लाखको चेक हस्तान्तरण गरेका हुुुन।
मुख्यमन्त्री राउत सहितको टोली तीन वटै पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण साथै
उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नु हुँदै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको बताउनु भयो । साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागी प्रदेश सरकार हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
उक्त अवसर मा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा , जसपा नेता पशुपति यादव, बरुण यादव सहितको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्