सरकार बिपतमा पनि गम्भीर बन्न सकेन : कांग्रेस नेता पन्थी




गुल्मी, साउन २
नेपाली काँग्रेस गुल्मीका सचिव एवम् काँग्रेस नेता खिलध्वज पन्थीले वर्तमान सरकार बिपतको समयमा पनि गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । जिल्लाको पहिरो प्रभावित क्षेत्रको नेपाली कांग्रेस गुल्मीले दोस्रो चरणको अवलोकन गरे पश्चात् सचीव नेता पन्थीले सरकार बिपतमा पनि गम्भीर बन्न नसकेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रमा दोस्रो चरणमा अवलोकन गर्न गएको टोलीले यस्तो समयमा पनि तीनै तहका सरकार संबेदनसिल बन्न नसकेको बताएका छन् ।

गत असार १८ गते भारी वर्षाका कारण पहिरोमा आएपछि इस्मा गाउँपालिकाका विभिन्न स्थान र मुसिकोट नगरपालिकाका विभिन्न स्थानमा निकै धनजनको क्षति भएको थियो । त्यहाँका नागरिकहरुले अहिलेसम्म राहत पाउन नसकेको नेता पन्थीले बताए ।

त्यहाँ अहिलेसम्म विद्युत, खानेपानी, सडक सुचारु हुन सकेका छैन् । जनताले कुनै सरकारको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् नेता पन्थीले भने,’स्थानीय सरकारको गम्भीरता खासै देखिएन ।’

हामीले पटक-पटक विपत व्यवस्थापन समितिको बैठकमा निकै जिम्मेवार ढंगले कुरा उठाउँदा पनि अहिले सम्म बेवास्ता गरेको देखिएको बताए । अहिलेसम्म विपत व्यवस्थापनको कुनै तयारी गरेको देखिएन उनले भने ।

न्युनतम राहतका सामाग्री त्रिपाल, जाली, लगायतका वस्तुहरू समेत स्थानीय सरकारले आफ्नो तर्फबाट उपलब्ध गराउन नसकेको, राहतमा पनि विभेद गरिएको स्थानीयले व्यापक गुनासो गरेको बताए । विपत्तीको बेला राजनीति होइन मानवता देखाउन उनले आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्