निमु सगंम घर्ती,
घोराही, २५ मंसिर।
शिखर ईन्सोरेन्स कम्पनी लिमिटेड दाङको घोराही शाखाले अहिले सम्मकै ठूलो विमा बाफतको दुर्घटना रकम गाडी धनीलाई उपलब्ध गराएको छ । कम्पनीले सोमबार घोराही शहिद उमेशमार्गमा रहेको शाखामा गाडी धनिलाई बोलाई ५१ लाख ६ हजार रुपैयाँको चेक प्रदान गरेको हो ।
शाखाका बरिष्ठ कार्यालय सहायक भुपेन्द्र वली, कार्यालय सहायक केशब केसी र कर्मचारी रविन चौधरीले ट्रक धनी निमेन्द्र रावतलाई उक्त रकमको चेक प्रदान गर्नुभएको हो । गएको बैशाख २९ गते घोराही लमहि सडक खण्डको मुसोट खोला नजिक ना ६ ख ७८५१ नम्बरको ट्रक दुर्घटनामा परेको थियो ।
उक्त ट्रकको शिखर ईन्सोरेन्समा बिमा गरिएका कारण क्षतिको आधारमा ५१ लाख ६ हजार रुपैयाँको चेक प्रदान गरिएको बरिष्ठ कार्यालय सहायक वलीले जानकारी दिनुभयो ।
घोराही सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर धनगडी जाने क्रममा उक्त ट्रक दुर्घटनामा परेको थियो । यसै बिच शिखर ईन्सोरेन्स घोराही शाखामा चालु आर्थिक बर्षको अहिले सम्म ३ हजार बढी सवारीसाधनको बिमा भएको शाखा प्रबन्धक रविकिरण केसीले जानकारी दिनुभयो ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।