काठमाडौं / ०३ साउन।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सासहितको पुस्तक प्रकाशनको तयारीमा रहेको बताएकी छन् ।
शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मन्त्री अर्यालले लिम्पियाधुरा समेटीएको नक्सा सार्वजनिक हुनु ऐतिहासिक काम भन्दै त्यस विषयमा अध्ययन गरी पुस्तकनै सार्वजनिक गर्ने बताएकी हुन् ।
सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रुपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिईन् ।
राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै उनले विगतमा छुट्याइएको भूभाग समेटेर नेपालको नक्सा जारी गरेको बताईन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।