भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, २६ हजारको मृत्यु



काठमाडौं / ०३ साउन।
भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको कुल संख्या १० लाख नाघेको छ । विश्वभरि कोरोना भाइरस महामारीबाट प्रभावित देशहरूको सूचीमा अहिले भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत २४ घण्टामा देशभरि थप ३४,९५६ जनामा संक्रमण पुष्ट भएपछि संक्रमितको कुल संख्या १०,०३,८३२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप ३४ हजार ८२० संक्रमित भएसँगै शुक्रबार र शनिबार मात्रै भारतमा ७० हजार २८८ जनामा संक्रमण भएको छ ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा शनिबार यो समाचार तयार पार्दासम्म १० लाख ४० हजार ४५७ पुगेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७६ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार २८५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित छन् । राजधानी दिल्ली त्यसपछि तेस्रो स्थानमा आउँछ।

महाराष्ट्रमा अहिलेसम्म २,८४,००० जनाभन्दा बढी संक्रमित भेटिएका छन् भने झन्डै ११,२०० जनाको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्