१९ जिल्लाका नदी खोलामा पानीको बहाव बढ्दै, आकस्मिक बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह



 

काठमाण्डौ। काठमाण्डौ उपत्यकाका नदी खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ ।वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदी र खोलामा पानीको बहाव बढ्दै गएको हो । अहिले काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भैरहेको छ ।

साना नदी र नालाको पानी आसपासका सडक किनारसम्म आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सडक किनारको बाटो भई यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले काठमाण्डौ उपत्यका बाहिर १९ जिल्लाका ठुला साना नदीमा आकस्मिक बाढी आउनसक्ने भएकाले सावधानी अपनाउन भनेको छ ।

ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका विभिन्न ठाउँमा पानी परिरहेको छ । यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्