प्रचण्ड खत्री र रुकुम पशिम । रुकुम पशिमको बाफिकोट गाउपालिका जाने मुख्य बाटो बन्द भएको छ । बाटोको काम चौडा बनाएको कारण मुख्य बाटो बन्द भएको छ । बाटो बन्द भएर ठुला तथा साना गाडीहरु सेराखेत हुदै सिम्तारुबाट नेताबजारहुदै गाउपालिका पुग्ने गरेको बाफिकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले जानकारी दिय ।
बाफिकोट गाउपालिका वडा नम्बर ४ बिराले बस्तीबाट बाफिकोट ३ दह सम्म बाटो चौडा र बिचबिचमा ग्राबिल बनाईने र अबको बर्ष देखि बाहै महिना गाडी चल्न बनाईने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए र बाटो चौडा ७ मिटर र नाला समेत निर्माण गरिने बताएको छ र
प्रदेश सरकारको शसर्त अनुदानको १ करोड ५० लाखमा निर्माण गरिने बाटोको काम अहिले धमाधम चलिरहेको छ र डाफे बिल्डर्श प्रालि जाजरकोटले ५१ प्रतिशत लोमा ठेक्का हालेर कामको जिम्मा लियको प्रालिका प्रतिनिधि हरिचन्द मल्लले जानकारी दिय ।१ करोड ५० लाखको काम बडी लो हालेर ५१ लाखमा सुरु गरियको मल्लको भनाई छ र गाउपालिकाले अनलाईन मार्फत ठेक्का खोलेको थियो।
नियम अनुसार बहुबर्सिय ठेक्का दियर काम सुरु गरियको छ । अहिले त्यस सडकमा सडकको स्ठामेट गरायर काम धमाधम चलिरहेको बाफिकोट गाउपालिकाका ओभरसेट दल बहादुर ओलीले जानकारी दिय। बाटो निर्माण भएपछी स्यार्पुताला हेर्न आउने पर्यटक, गाउपालिका काम गर्न जाने स्थानीय व्यक्ति , १० वटै वडाका स्थानीयलाई सहज हुने साफे बिल्डर्स प्रालि जाजरकोटले जनायको छ ।
त्यस्तै बाफिकोट गाउपालिकामा २ वटा खोला बढेर वारपार गर्न सहज भएको छ र १ र २ वडाको बिचमा पर्ने पुमाखोला र ३ र ४ को बिचमा पर्ने तिल्चा खोलामा पानीको सह बढेर कलभड भन्दा माथिबाट आयपछी यात्रा गर्न असहज भयको बाफिकोट ४ का बालुवाचौरका मन बहादुर के सीले बताए । पोहोर साला भन्दा यस बर्ष नेपालमा मनसुन छिट्टै भित्रियको कारणले नदीमा पानीको सतह बडी र बाडी पहिरो जाने गरेको मौसम बिदको भनाई छ ।
दुवै खोलामा पानीको सहत बढेपछी सिस्ने गाउपालिका ३ र ४ का स्थानीय र बाफिकोट गाउपालिका वडा नम्बर १ , २ र ३ का केहि भागका स्थानीयलाई सदरमुकाम जान र आउँन असहज भयको छ र बिशेस कामले सदरमुखाम आयर फर्कनेलाई अफ्ठारो भयको छ । खोलामा कलभड राखियता पनि नदि ठुलो भयर कलभड माथिबाट पानि आयर असहज भयको सिस्ने गाउपालिका रुकुम पुर्बका स्थानीय मेघनारायण खड्काले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।