असुरक्षित दाङका सडक, दिनपिच्छे थोत्रिदै



गिरिराज नेपाली
दाङ, २५ मंसिर । दिनपिच्छे बढ्दै गईरहेको सवारी साधन चाप संगै दाङका सडकहरुको आयु दिनपिच्छे घट्दै गईरहेका छन । सवारी साधन र ति साधनहरुले बोक्ने लोड भन्दा सडकको क्षमता कम रहेकाले दिनैपिच्छे दाङका सडकहरु थोत्रिदै गईरहेकाले छन । भने ट्राफिक सुरक्षाको दृष्ट्रिकोणले असुरक्षित बन्दै गईरहेका छन ।
दिनपिच्छे जिल्लामा भित्रने –बाहिरिने ठुला–ठुला मालवाहक सवारी साधनहरु भन्दा सडकका अवस्था कमजोर रहेकाले दिनपिच्छे दाङका सडक नाजुक बन्दै गईंरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले सवारी साधनहरुको बढ्दो अनुपात संगै सकडको अवस्था फेरिन नसक्दा दाङ सडकहरु ओभरलोडका कारण दिनपिच्छे आयु छोटिदै गईरहेको बताउनुभयो ।

पुर्व–पश्चिम महेन्द्रराजमार्ग अन्र्तगत दाङका पुर्व धानखोला देखी पश्चिम शिवखोलामा पर्ने ७७ किलोमिटर , लमही तुलसीपुर सडक खण्डको ४५ किलोमिटर गरी एक सय २२ किलोमिटर सडक ‘सर्फेस ड्रेसिङ’ र राप्ती लोकमार्ग अन्तर्गत पर्ने दाङ –सल्यानको एक सय ३७ किलोमिटर सडक ‘ओटाशिल ’प्रविधिको कालोपत्रे गरिएको जानकारी दिनुभयो । सर्फेस र ओटाशिल प्रविधि कालोपत्रे सडक भए पनि सडक मान्यताका लागि यि प्रविधिलाई धँुलो मार्ने प्रविधिका रुपमा मान्यता दिईन्छ । जसको भारवान क्षमता १० टनको मात्रै रहेपनि यि सडकहरुमा दैनिक २२ – ३२ टनका मालवहाक सवारीहरु आवात जावत गर्ने गर्दा दिन दुईगुणा र रात चौगुणा आयु घट्दै गईरहेको शर्माले बताउनुभयो ।

बढ्दो प्रविधिको विकास संगै ठुलो क्षमताका सवारी साधनहरु दिनपिच्छे भित्रदै गईरहे पनि त्यो अनुरुप सडक सञ्जालको प्रविधिको विकास गर्न नसक्दा भएका सडकहरु पनि जिर्ण बन्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ जसका कारण सवारी दुर्घटना , सवारको सास्ती यात्रुहरुले खेप्नु परेको छ । ’ समयको फेरबदल संगै हिजाका दुईलेन सडकहरु आज सम्ममा पनि वाध्यतावंश जोखिमपुर्ण रुपमा चलाउनु र चल्नु परेको उहाँको भनाई छ ।

लमही–तुलसीपुर सडक पनि धुँलो मार्ने प्रविधिको हो । राजमार्ग र राप्तीलोकमार्ग पनि उही नै हो । तर आज यिनै सडक लाई मर्मत गरी समयसापेक्ष सञ्चालन गरिरहनुपर्ने वाध्यता रहेको छ । शर्माले भन्नुभयो– ‘ दाङमा सडक विकासको अति आवश्यक छ । ’ हिजोका पुराना सडकले अब दाङको विकास टेवा पु¥याउन सक्ने अवस्था छैन । उद्योग कलकारखाना विकास भईरहेका छन । यातायात क्षेत्रको विकास पनि उस्तै गतिमा वढिरहेको छ । तर सडक भने हिजो जुन अवस्था थियो । त्यहीमै सिमित छ । जसका कारण सडक सुरक्षा कमजोर बन्दै गईरहेको शर्माको भनाई छ ।

अतिसंवेदशिल दाङ सडक

दाङमा पुर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने दुई सय ५९ किलोमिटर कालोपत्रे सडक रहे पनि ट्राफिक सुरक्षाको दृष्ट्रिकोणले अति संवेदशिनल सुचिमा रहेका छन । साँधुरो सडक , भारवान क्षमता कमजोर, फुटपात , पार्किङ अभाव र सडक नजिकका वस्तीका कारण ट्राफिक सुरक्षाको दृष्ट्रिकोणले अतिसंवेदनशिलको सुचिमा रहेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेले दाङका सडक सुरक्षाको हिसावले दाङ उच्च जोखिममा सुचिमा रहेका बताउनुभयो । साँधुरो सडकमा ठुला सवारीहरु दौडने, खुल्ला सडक पेटीको अभाव, छाडापशु चौपाय र पार्किङ नहुदा जथाभावी रुपमा सवारी दुर्घटना हुने हुनाले सडक सुरक्षाको दृष्ट्रिकोणले दाङ उच्च जोखिम रहेको बताउनुभयो ।

मालवहाक सवारीहरु ट्रक, टिप्पर, भ्यान लगाएतका सार्वजानिक यातायातहरुले आफ्नो क्षमता भन्दा वढि ओजन ओसारपोसार गर्नेगर्दा दाङका सडकहरु जिर्ण संगै दुर्घटना निम्त्याईरहेको वाग्लेले बताउनुभयो । घण्टैपिच्छे ओभरलोडका १०÷१२ चक्के ट्रक टिप्पर यिनै सडकमा ओहोर दोहोर गर्छन । तर हामी संगै ओभरलोडको मापन गर्ने कुनै सरकारी प्रविधि छैन । क्षमतको गाडी हो ।

त्यसले कति सम्मको ओजन बोक्न पाउने भनि नियम रहे पनि ति नियमहरु व्यवहारिक रुपमा कार्यन्वयन हुन सकेको छैनन । भने राज्यले आफ्नो तर्फ तौल मापनका लागि धर्मकाटा पनि बनाउन सकेको छैन । जसका कारण सवारीहरु विना प्रवाह नै ओभरलोड राखी दौडिरहेका छन । वाग्लेले भन्नुभयो– ‘अन्धाजका भरमा त्यो ओभरलोड हो भन्न सकिदैन । ’ खै कति टन बोकी दौडिएको हुन्छ । त्यसको कुनैलेखाजोखा नै छैन ।

६ वर्षमा दाङमा ४३५ जनाको मृत्यु

पछिल्लो ६ वर्षमा दाङमा सवारी दुर्घटनाको कारण चार सय ३५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार आव ०६८÷६९ मा ५१ पुरुष, १४ महिला, बालक ६ र बालिका ५ गरी ७६ जना , आव ०६९÷७० मा ४१ पुरुष, ६ महिला, बालक ४ र बालिका ३ गरी ५४ जना, आव ०७०÷७१ मा ५४ पुरुष, ९ महिला, बालक ५ र बालिका ६ गरी ७४ जना , आव ०७१÷७२ मा ३४ पुरुष, ८ महिला, बालक ६ र बालिका ६ गरी ५४ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै  आव ०७२÷७३ मा ४९ पुरुष, ११ महिला, बालक १० र बालिका १ गरी ७१ जना , आव ०७३÷७४ मा ५८ पुरुष, ११ महिला, बालक ६ र बालिका २ गरी ७७ जना र चालु आव ०७४÷७५ कार्तिक मसान्त १६ पुरुष, ६ महिला, बालक ४ र बालिका ३ गरी २९ जना गरी जम्मा ४ सय ३५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय दाङका प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो ।

जिर्ण साँधुरो सडक , सवारीसाधनहरुको वढदो चाप , तिव्रगति चालक लापरवाही र ट्राफिक अज्ञानताका कारण सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको दर वर्षेनी वृद्धि हुदै गईरहेको वाग्लेको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्