सुशिला चौधरीद्वारा मतदाताहरूलाई धन्यवाद ज्ञापन



सैघाली खबर,
देउखुरी, २५ मंसिर । नेपाली काङ्ग्रेसवाट दाङ निर्वाचन क्षेत्र नं। १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार वन्नुभएकी सुशिला चौधरीले मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै अमुल्यमत दिने मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

‘प्रतिनिधिसभा निर्वाचनमा अमुल्य मत दिनुहुने सम्पूर्ण मतदाता, कार्यकर्ता, पत्रकार, सुरक्षाकर्मी लगायत सम्पुर्ण शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु’ उहाँले भन्नुभयो‘ निर्वाचनमा पराजय भएपनि म जनताको माझमै रहनेछु, जनताकै सेवकको रुपमा खटीने वचन वद्धता ब्यक्त गर्दछु । ’

चौधरीले विज्ञप्तीमा निर्वाचनको परिणामवाट कत्तिपनि विचलीत नहुन मतदाता, पार्टिका नेता कार्यकर्ता एवम् शुभचिन्तकहरुमा अनुरोध गर्नु भएको छ । मंसिर २१ सम्पन्न निर्वाचनमा एमालेका प्रतिनिधि सभा उम्मेदवार मेटमणी चौधरी, प्रदेश सभाका उम्मेदवार रेवतीरमण शर्मा र ईन्द्रजीत चौधरीज्यूलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्