प्रेस काउन्सिलद्वारा १०१ वटा अनलाइन बन्द



काठमाडौं / ०३ साउन ।
प्रेस काउन्सिल नेपालले १ सय १ अनलाइनलाई बन्द गरेको छ । पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै सरकारले उक्त अनलाइनहरुलाई बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालका अनुसार १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको बन्दाबन्दी(लकडाउन)को अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेको बताइएको छ ।

उजुरी व्यक्तिगत तथा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित रहेका छन्

प्रेस काउन्सिलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका थिए ।

काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै नभइ सहमति र मिलापत्रसमेत गर्ने गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हालसम्म काउन्सिलमा २ हजार १ सय ३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्