कैलालीमा दुई छोरी माथि बाबुले बलात्कार गरेको आरोप



कैलाली / ०४ असार।
कैलालीमा दुई छाेरी माथि बाबुले बलात्कार गरेकाे आराेप लागेकाे छ । जिल्लाकाे घोडाघोडी नगरपालिकाका दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको हो ।

१४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको ती व्यक्ति अहिले फरार रहेको ईलाका प्रहरी कार्यलय सुखडका प्रमुख हरिश्ररण भट्ट जानकारी दिए।

पीडित बालिकाको आमा केहि बर्ष देखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताइएको छ । पीडित बालिकाको तर्फबाट संरक्षक बस्ने केहि नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय सम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आइतबार जाहेरी दर्ता हुने ओरेक नेपालले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्