सभ्य राजनितिक संस्कारको विकास गरौ



मुलुकले यतिबेला दिगो शान्ति र समृद्धि खोजिरहेको छ । लामो समयको राजनितिक संक्रमणकालको अन्त्य गरी दिगो स्थायित्व र शान्ति, समृद्धि र विकास ,लोकतन्त्र रक्षा र जनताको अधिकार कार्यन्वयनको अभिभारा अबको सम्पन्न निर्वाचनले पुरा गर्नेछ भनि जनतामा आशा छ । त्यहि आशा अपेक्षा सहित नेपाली जनताले निकै उत्साहका साथ यो निर्वाचन उत्समय बनाउदै आफ्ना प्रतिनिधि विजयी गराए ।

लोकतान्त्रिक अभ्यासमा जनताको अभिमत लाई कदर गर्दै विजयी हुनेहरु जनताको मुलुकको अधँुरो सपना लाई हामीले पुरा गर्ने छौ भनि जनताको कसम पनि विजय संगै विजयीहरुले खाईसकेका छन । भने पराजय व्यहोर्नेहरुले मुलुकको विकासका प्रतिपक्षको भुमिकामा रहेर समृद्धि र विकास लाई दिगो गराउने पनि बचन दिएका छन । नेपालका दुई कम्युनिष्ट ठुला शक्तिदल नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठवन्धनका माध्यम चुनावी मैदानमा उत्रिए । दुवै दलले साझा घोषणापत्र लेखेर मुलुकको समृद्धि र विकासको अबको नयाँ कार्यभार रहेका प्रतिवद्धता जनमत बटुलेर जनता रुझाए । अब दुवैले वाचा गरेको पार्टी समिकरणको बहस उठेको छ । अब मुलुकमा वामगठवन्धन र लोकतान्त्रिक गठवन्धन मात्रै देख्न सकिने आंकलन गर्न सकिन्छ ।

लामो समय राजनितिक खिचातानीले परेको हाम्रो नेपालले सत्ता टिकाउने खेलमा दल तथा नेताहरुको केन्द्रित विकास र जनताको अधिकार सवै कुन्ठीत भए । अब यो अवस्था वाट मुलुकले पार पाउछ की !आश जनतामा छ । सत्ता केन्द्रित र कुसंस्कारको राजपनितिको अन्त्य गरी सभ्य राजनितिक संस्कारको विकास गर्दै विजयी र पराजयीहरुले जनमतको कदर गर्दै मुलुकको विकासमा ध्यान राख्नु अति आवश्यक छ । मुलुकले खोजी रहेको समृद्धि र विकास लहर फुटाउनु छ । शिक्षा , स्वास्थ्य जस्ता आधारभुत अधिकार वाट वञ्चितमा परेका समुदायका अधिकार सम्पन्न गराई  शान्ति र समृद्ध नेपाल बनाउनु छ ।

मुलुकको विकासका लागि विजयी शक्ति पक्ष र पराजय व्यहोर्ने शक्तिहरु प्रतिपक्षको भुमिकामा उभिएर सकारात्मक खवरदारी गर्ने हो भने यो देशले केही वर्षमै समृद्धिको मुहार फेर्ने सक्छ । अब साँच्चिकै मुलुक बनाउने हो भने सत्ता राजनितिक भन्दा संस्कार राजनितिक सुरु गर्ने आवश्यक देखिन्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्