प्रेस सेन्टर नेपाल धनुषा संयोजकमा आयुव खान नियुक्त, जिल्ला भेलाको व्यापक तयारी

आधारभूत पत्रकारीता तालिम सञ्चालन गरिने


सुरेश कुमार पाण्डेंय,धनुषा / ०४ असार
देशव्यापी रुपमा ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा पत्रकारको भूमिकाबारे छलफल कार्यक्रम’ सञ्चालन गरिरहेको प्रेस सेन्टर नेपालले प्रदेश नम्बर दुई अन्तर्गत धनुषामा संगठनको जिल्ला भेलाको तयारीका लागि संयोजक तोकेको छ ।

फिल्डमा खटेर जोखिमका बिच काम गरिरहेका पत्रकारहरुलाई प्रेस ज्याकेत सहितका विभिन्न सुरक्षा सामाग्री वितरण गर्दै कोरोना नियन्त्रणमा पत्रकारहरुले सत्य तथ्य समाचार सम्प्रेषण गरेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेबारे छलफल कार्यक्रम सञ्चालनको क्रममा प्रेस सेन्टर नेपालले धनुषामा संगठनको संयोजक तोकेको हो ।

प्रेस सेन्टर नेपालको धनुषा संयोजकको जिम्मेवारी पाएका पत्रकार खान विगत लामो समयदेखि जनपक्षीय पत्रकारीता गर्दै आएका छन । उनी हाल जनपक्षीय अनलाईन समाचार माध्यम मधेश २४ मा प्रकाशक, सम्पादकको भूमिकामा कार्यरत छन ।

देशवयापी कार्यक्रमका क्रममा धनुषा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष सहितको टोलीले धनुषामा उपलब्ध जनपक्षीय, श्रमजीवी पत्रकारहरुसँग सामान्य छलफल गरेर वृहत रुपमा जिल्ला भेलाको तयारीमा जुट्न पत्रकारहरुलाई सल्लाह दिएको थियो ।

धनुषाका पत्रकारहरुसँग कुराकानी गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले पत्रकारीता देश, समाज र जनताको आवाज बन्नुपर्ने भन्दै त्यसका लागि सबै श्रमजीवी पत्रकारहरु संगठित बन्दै, पेशागत हक, अधिकारको लागि जुट्नुपर्ने धारणा राखेका थिए ।

पत्रकारहरुले काम गर्ने क्रममा स्थानीय निकायका प्रतिनिधि, प्रशासन र राज्य निकायका जिम्मेवार पक्षहरुबाटै आफुहरु असुरक्षित महसूस गरेको भन्दै समस्या सुनाएका थिए ।

पेशागत मर्यादाको ख्याल राख्दै जहिले पनि सत्य, तथ्य, निष्पक्ष र सन्तुलित समाचार लेख्नुपर्ने भन्दै प्रेस सेन्टरका अध्यक्ष जैसीले पत्रकारहरुलाई कुनैपनि पत्रकारमाथि समाचार लेखेकै कारण कसैले धम्की दिन्छ भने त्यसमा नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल लगायत सबै संघ संगठनहरु एक भएर बोल्ने तथा प्रेस स्वतन्त्रताको पक्षमा उभिने बताए ।

उनले आफ्नो संगठनले पेशागत मर्यादाको ख्याल राख्दै देश, जनता र जनताको न्यायोचित आवाजलाई सम्प्रेषण गर्नका लागि पत्रकारहलाई उत्प्रेणा दिने, तालिम, गोष्ठि, अन्तरक्रियाहरु गर्ने काम गर्दै आएको भन्दै सत्य र न्यायको लागि निधक्कले कलम चलाउन निर्देशन गरेका थिए ।

त्यसैबिच पत्रकारहरुले जिल्लामा कृयाशिल श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुबिच वृहत छलफल चलाउँदै चार महिना भित्र जिल्ला भेला सम्पन्न गर्ने र त्यही समयमा आधारभूत पत्रकारीता तालिम समेत चलाउने बताएका थिए ।

पछिल्लो समय प्रेस सेन्टर नेपालले आफ्नो संगठनात्मक गतिविधिहरुलाई व्यवस्थित रुपमा बढाउँदै लगेको देखिन्छ । प्रेस सेन्टर नेपाल नेकपा (माओवादी केन्द्र) निकटको पत्रकार संगठन हो ।

प्रेस सेन्टर नेपालले सम्पूर्ण देशभक्त लेखक, पत्रकार, सामाजिक अभियन्ता र समाजसुधारक, बुद्धिजिवीहरुसँग भेटघाट, छलफल गरिहेको छ भने सम्पूर्ण श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुको हक, अधिकार र पेशागत सुद्धताको पक्षमा साझाँ सस्थाको रुपमा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्