शिखा मिडिया प्रालीद्वारा गरिव जीवन छोटो फिल्मको छायांकन सम्पन्न



विमल भट्टराई, सुनवल ।संगीतको क्षेत्रमा केही समय देखि बजारमा चहलपहल हराएको थियो अहिले कलाकार हरु फेरि सक्रिय पहिलेको जस्तै जोस र जागरुक,को साथ आउन थालेका छन् ।शिखा मिडिया प्रा लि बाट गरिवको जीवन छोटो फिल्मको छायांकन सम्पन भएको छ । केही समय देखी लकडाउनको समयमा दैनिक गुजारा गरेर घर चलाउने हरुको यथार्थ कथामा बिशेष आधारित गरेर बनाईएको छ ।

कुमार बुढाको लेखनमा रहेको गरिवको जीवन भने छोटो फिल्म बजारमा आउने तयारी रहेको एउटा गरिब जिन्दगी हाम्रो समाजमा कसरी चलिरहेको छ यस्तै कथाबेथा समेटिएर निर्माण गरिएको छ। अब भिडियो केही समयमै बजारमा सार्वजनिक हुने भएको छ ।उक्त छोटो फिल्मको भिडियो निर्देशक विमल भट्टराईले गरेका छन् । कथामा एक घर परिवार भित्रको कथालाई लिएर श्रीमान श्रीमतिको भुमिकामा श्रीमान मदिरा सेवन गरेर दुख दिने जस्तो हाम्रो समाजमा घट्ने घटनालाई देखाइको निर्देशक भट्टराई बताए ।

कति प्रायका मदिरा सेवान गर्नाले नै घर खर्च चलाउन मुस्किल भैरहेको देखिन्छन् यस्तै पात्रहरू देखिन सकिने छ ।भने अन्य कमेडी र विभिन्न समसामहिक रहेको निर्देशक भट्टराईले जानकारी दिनु भयो । जसमा मिना राना , विमल भट्टराई , पुरन अधिकारी, र माया मगर,भने धनमाया थापा , अर्जुन क्षेत्री र बाल कलाकर मेनका आले को कलकारिकतामा सुनवल ४ बेलारीमा छायाङ्कन राज चौधरी र विमल भट्टराईको रहेको थियो ।

यसमा मिडिया पान्टरमा दर्पण पोष्ट डट कम र अनलाइन रेडियो दर्पण रहेका छन् भने दर्पण टिभी नेपाल युटुब च्यानलबाट साउन ४ गते टेलस सार्बजनीक गर्ने निर्देशक भट्टराईले जानकारी दिनुभयो । छोटो फिल्मको बजारमा अहिले थरीथरीका आइरहेको समयमा अहिले बिल्कुलै फरक धारको बनाउन खोजेको र दर्शक श्रोता लाई नयाँ काम र नयाँ स्वाद दिन खोजेको पूरा टिमको बनाइरहेको फिल्मले कतिको सफलता पाउने हो त्यो भने समय बताउला । तर अहिले भने निकै आशाबादी बनेका छ कलाकारहरु केही समय देखि लकडाउनको कारण बजारमा फिल्म कमै आइरहेको थिए अहिले केही खुकुलो भएपछि एकपछि अर्को गर्दै आइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्