जेष्ठ, २३
आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ । आज साँझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्म पुच्छ्रेतारा पृथ्वीवाट नजिक देखिने खगोलविद्हरुले जनाएका छन् ।
यो तारा नेपालबाट पनि देख्न सकिने बताइएको छ । पृथ्वीको सबैभन्दा नजिक रहँंदा यो तारा १२ करोड १३ लाख ३९ हजार ७ सय ८६ किलोमिटरको दूरीमा रहनेछ । पुच्छ्रेतारालाई हेर्न धुम्रकेतुको पृथ्वीसंँग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।