प्रेम परे-नपरेको यी ७ कुराले प्रमाणित गर्छ



प्रेम एक स्वतन्त्र भाव हो । कोहिप्रति आर्कषित हुनु वा कसैलाई मन पराउनु मात्र प्रेम होइन । तर यो प्रेम भएको संकेत भने हो ।

प्रेम जागृत रहदाँ उसको बारेमा मात्र सोच्नु, चिन्ता गर्नु वा त्यागका लागी समेत तयार रहनु पर्दछ । यदि हामी कसैसँग प्रेममा पर्यौ भने त्यसको केहि संकेतहरु हुन्छ जसले आफु प्रेममा रहेको वा नरहेको बारेमा थाहा पाउन सकिन्छ ।

तपाईंमा प्रेम परे-नपरेको कुरा यी ७ तथ्यबाट प्रमाणित हुन्छ।

-विरोध सुन्न नसक्नु
प्रेममा परेको सबैभन्दा ठुलो र पहिलो संकेत हो जो सँग प्रेम छ, त्यसका बारेमा कसैले गरेको विरोध वा नकारात्मक कुरा सुन्न सकिदैन । उसको बारेमा कसैले नकारात्मक टिप्पणी गरे आफ्नो मन दुख्छ भने बुझ्नुस् तपाई उसँग प्रेममा हुनुहुन्छ ।

-नयाँ जीवन कल्पना गर्नु
यदि कोहि ब्यक्तिसँग प्रेम भयो भने यो अवस्थामा उसँगको जीवनको कल्पना गर्न थालिन्छ ।

-लुकिलुकि हेर्नु
यदि तपाई कोहि ब्यक्तिलाई बिना कुनै कारण पटक पटक लुकिलुकि हेर्नु हुन्छ वा आखाँ जुधाएर हेर्न ग्राहो भइ रहेको छ भने यो अवस्थामा पनि तपाई प्रेममा पर्नु भयो । यो अवस्थाको हेराई कुनै फिल्मको दृष्य भन्दा कम हुन्न ।

-कारण बिनै तनाव
यदि कोहि ब्यक्ति प्रेममा छ भने उ बिना कुनै कारण तनावमा रहन्छ । यो बेला मनमा कहिले खुसी, कहिले उमंग हुन्छ ।

-फरक ब्यवहार
अरु भन्दा अलग ब्यवहार र पहिले भन्दा फरक ब्यवहार गर्न थालेमा पनि मानिस प्रेममा छ भन्ने बुझ्न सकिन्छ ।

-जे गर्न पनि तयार
जब कोहि मानिस प्रेममा पर्दछ उसको महत्व आफ्नो जीवनमा अपरीहार्य झै लाग्न थाल्दछ । यस बेला मानिस उसलाई खुसि राख्न जे पनि गर्न तयार रहन्छ ।

-पीडा महसुस हुदैन
यदि कोहि मानिस भर्खर प्रेममा पर्यो भने उसलाई हत्तपत कुनै पीडाको महसुस हुदैन । कुनै चोट वा घाउ लागेमा समेत उसले यसलाई वेवास्ता गर्ने क्षमता राख्दछ । मात्र प्रेम परेको मानिससँगको एक भेट, कुराकानी वा हेराहेर चोट बिर्साउन काफि रहन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्