कैलाली,साउन ४
कैलालीको घोडाघोडीमा १४ र १६ वर्षीय दुई कीशाेरी माथी आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती नगर बाल सञ्जाल धनगढीकाे गम्भीर ध्यानाकर्षण सहितको प्रेस वीज्ञप्ती निकालीएको छ ।
इलाका प्रहरी कार्यलय सुखडमा शनीबार बिहानै घटना पुगेपनी प्रहरीले संरक्षक नभएको भन्दै मुद्दा दर्ता नगराएको र आरोपीत व्यक्ती शनीबार साझ सम्म पनी फरार रहेकोले इलाका प्रहरी कार्यलय सुखड प्रती पनी घोर आपत्ती जनाइएको छ । यस्तो दानबयि प्रवृत्तिलाई हरेक बालबालीका र सिङ्गाे मुलुकले नै तीरस्कार गर्दै घटनाको सत्य, तथ्य पत्ता लगाइ उक्त घटनामा संग्लन्न अपराधीलाई हदैसम्मको कानुनी कार्वाहीका लागी प्रहरी प्रशासन, न्यायलय र सरकारसंग नगर बाल सञ्जाल धनगढीले जोडदार माग गरेको छ ।
पीडित किशाेरीहरु लाई उचित न्याय, क्षतपिूर्ती, स्वस्थ्य परिक्षण, उनको सामाजिक सुरक्षा, मनोसामाजिक परामर्श र उनको सम्मानमा विशेष ध्यान दिन पनी सम्बन्धित निकाय समक्ष नगर बाल सञ्जाल धनगढीले उक्त विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।