काठमाडौं / ०४ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल शुरू भएको छ ।
आइतवार अपराह्न अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् । ओलीले महाधिवेशनको प्रस्तावलाई लिएर प्रचण्ड-नेपाल पक्षका नेताहरूले असन्तुष्टि पोखेका थिए ।
शनिवार बसेको सचिवालय बैठकमा मङ्सिरमा महाधिवेशन गर्ने प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएपछि नेता नेपालनिकट नेताहरूमा असन्तुष्टि देखिएको हो ।
प्रचण्डले आइतवार बिहान वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल लगायत पार्टीका प्रभावशाली नेताहरूसँग छलफल गरेका थिए ।
आइतवार दिउँसोका लागि स्थायी कमिटी बैठक बस्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।