भारतीय भुतपुर्व सैनिक संगठन र राष्ट्रिय पुर्व सैनिक संगठनले दाङका सिडियोलाई बुझाए ज्ञापनपत्र



ओमप्रकाश गुप्ता , दाङ ४ साउन । देउखुरी भारतीय भुतपुर्व सैनिक संगठन र राष्ट्रिय पुर्व सैनिक संगठन दाङले दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएका छन् । विदेश सरकारबाट निवृत्तिभरण (पेन्सन) प्राप्त गरिरहेका नेपाली नागरिकहरूलाई नेपाल सरकारबाट प्राप्त हुँदै अाएको सामाजिक सुरक्षाभत्ता प्रदान गर्न नमिल्ने  भनि गृहमन्त्रालयले मन्त्रीस्तरमा २०७७ असार १७ गते निर्णय गरेको र सो निर्णयको कार्यान्वयनका लागि देशभरका स्थानीयतहहरूलाई परिपत्र गरेकोले देउखुरी भारतीय भुतपुर्व सैनिक संगठन र राष्ट्रिय पुर्व सैनिक संगठनमा अावद्व विदेश मा नोकरी गरि अवकास प्राप्त भारतीय , बेलायती, सिंगापुर भुपु सैनिक तथा सिवीलियन कर्मचारी भुपुहरूले अाफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै दुवै संगठनले सो निर्णयले पुर्व गोर्खा सैनिकहरूलाई परेको असरलाई सरकारबाट तत्काल सच्चाउन माग गरि जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननीय प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र देउखुरी भारतीय भुतपुर्व सैनिक संगठनका अध्यक्ष मोमबहादुर रोका र राष्ट्रिय पुर्व सैनिक संगठन दाङका जिल्ला संयोजक पुरनसिंह बुढाले बुझाएका थिए भने नेपाल भुपु संघका केन्द्रीय सदस्य तथा देउखुरीका सल्लाहकार शिवध्वज मल्लले ज्ञापनपत्र पढेर सुनाएका थिए । ज्ञापनपत्रमा भुपु सैनिकहरूलाई राज्यले अनागरिक सरह व्यवहार गरेको , अात्म स्वाभिमानमा राज्यबाट गम्भीर प्रहार भएको बताएको छ । 

साथै ज्ञापनपत्रमा भुतपुर्व सैनिकहरूको ,अनुभव,इमन्दारिता र कर्तव्यनिष्ठ रहेको र अति कष्ट सहन गर्दै अाधा उमेर विदेशी भुमिमा विताइ पेन्सन अवधी सम्म कतै लडाइँमा नमरि बाँचेर अाएको हुँदा विदेश सरकारले उक्त सेवा गरे वाफत पेन्सन दिएको बताएको छ । नेपाल सरकारबाट ७० वर्ष माथिका जेष्ठ नागरिक तथा एकल महिला भत्ता पाउने अधिकार रहेका बेला नेपाल सरकारले सामाजिक सुरक्षाभत्ता कटौती गर्ने निर्णयले भुपु पेन्सनरहरूलाई अन्याय, अपहेलना र अनागरिकको महसुस भएकोले तत्काल गलत निर्णय सच्चाउन प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार सँग जोडदार माग गरेको छ ।  ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अाजनै सम्माननीय प्रधानमन्त्रीको कार्यालय लगायत सम्बन्धित निकायमा ज्ञापनपत्र पठाउने बचन दिएका छन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्