ओमप्रकाश गुप्ता , सिसहनियाँ ४ साउन । दाङ देउखुरीको बगरापुर-सगरापुर सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर स्थित राप्तीको बगरमा रहेको सामुदायिक वनमा आइतबार वृक्षरोपण गरिएको हो । राप्ती सव डिभिजन वन कार्यालय मसुरीया दाङले उपलब्ध गराएको खयर, सिमल, सिरिस, इपिल, जावुन गरि ५ सय विरूवा १ विगाह क्षेत्रफलमा रोपण गरिएको सामुदायिक वनका अध्यक्ष प्रेमलाल चाैधरीले जानकारी दिएका छन् ।
सामुदायिक वनका उपभोक्ताहरूको सहभागीतामा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा बगरापुर गाउँ अगुवा विसम्वर चाैधरी र सगरापुर गाउँ अगुवा खुरखुरी चाैधरीको विशेष उपस्थिति रहेको थियोे ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।