ओमप्रकाश गुप्ता , दाङ ४ साउन ।
दाङ प्रहरीलाई ऐतिहासिक ठुलाे सफलता हासिल गरेकाे छ । जिल्लामा यति ठुलाे संख्यामा पहिलाे पटक माेटरसाइकल चाेरका गिराेहहरू पक्राउ गर्न दाङ प्रहरी सफल भएकाे हाे ।
दाङमा चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ गर्न सफल भएकाे याे पहिलाे पटक हने । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न ठाउँबाट चोरी गरेका १० वटा मोटरसाइकल सहित १४ जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा एसपी गणेश चन्दका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिकाका ७ जना, लमही नगरपालिकाका ३ जना र राजपुर गाउँपालिकाका ४ जना रहेका छन् ।
जस अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वर्ष २३ का समिर सुनार, वर्ष २१ का सुवास सार्की, वडा नम्बर १६ का वर्ष ३५ का केन्द्रबहादुर डाँगी, १७ का वर्ष २३ का निरज योगी र १३ का वर्ष १८ का संजय चौधरी रहेका छन् ।
त्यसैगरी लमही नगरपालिका वडा नम्बर ७ का वर्ष २५ का प्रकाश चौधरी र वर्ष २५ कै पाल्टुराम चौधरी, वडा नम्बर ७ कै वर्ष २७ का हेमन्त गिरी रहेका छन् ।
राजपुर गाउँपालिका वडा नम्बर २ का वर्ष १९ का आयोज चौधरी, वर्ष २२ का प्रियतम चौधरी, वर्ष २७ का रविप्रताप यादब र वर्ष २७ कै राजकुमार यादव रहेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुलाई ९ वटा नम्बर प्लेट सहित र एउटा नम्बर प्लेट नभएको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरी प्रमुख चन्दले जानकारी दिए । यस्तो गिरोह अझै हुन सक्ने भन्दै उनले थपको खोजी कार्य भइरहेको बताए । अहिले पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
नक्कली ब्लुबुक बनाउने यातायात कार्यालयका कर्मचारी पक्राउ
प्रहरीले नक्कली ब्लुबुक बनाउने यातायात ब्यवस्था कार्यालय तुलसीपुर दाङका एक जना कार्यालय सहयोगीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वर्ष ४८ का कृष्णप्रसाद खनाल रहेका छन् ।
उनी सँगै सकारी छाप कृर्ते गरी नक्कली ब्लुबुक बनाएको आरोपमा वडा नम्बर ६ का वर्ष २१ का अब्दुल हफिस सिद्धिकी, ५ का चक्रबहादुर वली, ६ का वर्ष ३७ का जिवन पोख्रेल र सोही वडाका वर्ष ३२ का विष्णु घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।https://youtu.be/SJO6Xr0-m3M
उनीहरुको साथबाट एउटा लु ४६ प ३५४१ नम्बर सवारी दर्ता किताब, प्रदेश सरकार प्रदेश ५ भौतिक पूर्वाधार मन्त्रालय यातायात ब्यवस्था कार्यालय दाङ लेखेको छाप एक थान, शाखा अधिकृतको छाप एक थान, विभिन्न ब्यक्तिहरुको नागरिकताको प्रमाण पत्र, सवारी चालक अनुमति पत्र, पुराना ब्लुबुक, निरोगिताको दस्तखत र छाप हानेको कागजहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख चन्दले बताए । उनीहरुमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ्गमा मोटरसाइकल चोर्ने मानिसहरुलाई सार्बजनिक गर्दै प्रहरी https://youtu.be/SJO6Xr0-m3M

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।