गाउँपालिका अगाडीकै बाटोको हविगत, दुर्घटना हुने खतरा (फोटो फिचर)



टेकबहादुर पुन, दाङ्ग /०४ साउन । 
दाङ्गको देउखुरी स्थित गढवा गाउँपालिकाको कार्यालय अगाडी रहेको सडकका खाडल पुर्नतर्फ कसैले ध्यान नदिँदा सवारी दुर्घटना निम्तन सक्ने खतरा बढेको छ । राप्ती पारिको हुलाकी सडकखण्डमा खाडलै खाडल भएपछि दुर्घटना निम्तन सक्ने खतरा बढेको हो ।

सडकमा आवत जावत गर्ने सवारीका साधान सँगै पैदल यात्रीलाई पनि सास्ती हुने गरेको स्थानियले जानकारी दिएका छन् । सडकमा खाडलका कारण गाडीको ब्यालेन्स बिग्रिएर दुर्घटना हुन सक्ने र ठूलो क्षति ब्यहोर्नुपर्ने अबस्था पनि आउन सक्ने चालकहरुको भनाई छ । ‘सडकको यस्तो अबस्थाले दुर्घटना नहोला भन्न सकिन्न, गाडी नचलाउँ कि जस्तोपनि लाग्छ गोबरडिहा निवासी अटो चालक सौगात चौधरीले भन्नुभयो-नचलाउँ भने बालबच्चा साना छन्, चलाउँदा आफ्नै ज्यानको खतरा छ ।’

कतिपय स्थानिय त बाटोको अबस्था देखेर गाडी चढ्न त्रासले हिँडेरै बजार आउँछन् । अलि टाढाका स्थानिय भने बाध्यताले भएपनी गाडी चढ्ने गरेको चालक चौधरीले बताउनु भयो । गाउँपालिकाको कार्यालय अगाडि नै ठुला ठुला खाडल छन् । तर उक्त खाडल पुर्नतर्फ कुनै निकायले ध्यान दिएको पाँईदैन ।

बर्षायाम सुरु भएसँगै बर्सेनि त्यस सडकखण्डमा खाडल हुने गर्छ । हुन त खाडलकै कारण दुर्घटना भएको भन्ने खबर सार्बजनिक छैन । तर, त्यही खाडलकै कारण यात्रुको ज्यान समेत जानसक्ने खतरा भने बढेको छ । गढवा बजार दाङ्गका प्रमुख बजार मध्यमा पर्छ । त्यसैले पनि हेभी गाडीहरुको आवतजावत उत्तिकै हुने भएकाले सडक हरु खाडलले भरिपुर्ण छन् ।

गाउँपालिकाले आफ्नै ट्रेक्टर प्रयोग गरेर भएपनि मिस्कट ल्याएर खाडल त पुर्न सक्छ । तर गाउँपालिकाका अध्यक्ष सहजराम यादब भने ठेकेदारको पर्खाइमा हुनुहुन्छ । सडकका खाडल पुर्नका लागि मैले एकजना ठेकेदार लाई अस्तिनै भनेको छु, निरन्तर बर्षाका कारण मिस्कट हाल्न ढिलाई भएको हो अध्यक्ष यादबले भन्नुभयो । उहाँले तत्काल सडकका खाडलहरु पुरिने जानकारी दिनुभयो ।

त्यसो त हुलाकी सडकखण्ड फराकिलो सँगै पिच हुने अबस्थामा छ । पुरानो पिच उप्किएर खाडलै खाडल बनेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्