देश बिकासमा राजनीति



ईतिहासका बिभिन्न कालखण्डमा शासक वर्गले जनतामाथि गरेका अत्याचारको बिषयमा पढ्न र सुन्न पाईन्छ!अमेरिकामा गोराजातिले कालाजातिलाई गरेका अमानविय ब्याबाहार होस्।वा हिटलर र मुसोलिनी जस्ता शासकहरूले जनतामाथी गरेका अत्याचारका कुरा हुन्।नेपालकै ईतिहासमा पनि राणाशासनको उदय पछि जनतामाथि गरिएका दमनका बिषयमा पढ्न र सुन्न पाईन्छ!२००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि राणाशासनको अन्त्य त भयो।तर शासकको रूपमा जहानिय ब्यवस्थानुरूप राजाले शासन गरे।र त्यो पनि धेरै बर्ष टिक्न सकेन।२०१७ सालमै राजाले कु गरेर फेरी निरंकुश लाद्नने काम गरे।त्यो निरंकुशतालाई पनि जनताले २०४७ सालमा पराश्त गरे।राजाको प्रत्यक्ष शासन भएपनि दलबाटनै प्रधानमन्त्री हुने ब्यबस्था थियो

निंरकुश शासक संग जुध्धै,लड्दै आएका नेपाली जनता अहिले के आफुले सोंचेजस्तो ब्यवस्थामा खुसी छन् त?ब्याबाहार हरू पहिलेका शासकको जस्तो नभएपनि जनता शासित छैनन् त?यो प्रश्न अब प्रत्यक नागरिकलले आफुले आफुलाई गर्नुपर्ने देखिन्छ।संसारकै उत्कृष्ट शासन ब्यवस्था भनिए पनि किन जनताले परिवर्तनको प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन्।अझैपनि जनता किन शासित हुनु परेको आवास गरिरहेका छन्।यो कुरा अजकै दिनबाट खबरदारिको रूपमा देशको बाघडोर सम्हाल्ने हरूको कानको जालिसम्मै राम्रो संग पुऱ्याउन आवश्यक छ।

देशले बिभिन्न कालखण्डमा अबरोध हरू हटाउदै उत्कृष्ट ब्यवस्था सम्म आउंदा पनि कीन केही मुठ्ठीभर मान्छेले मात्र रजाॅई गरिरहेका छन्?यस बिषयमा खोजबिन नगर्ने हो भने स्थिती झन् बिग्रने खतरा पनी छ।आजको यो राजनीतिक ब्यवस्था सम्म देशलाई ल्याउन बिभिन्न कालखण्डमा योगदान गर्नुहुने सबैलाई सम्मान गर्नु पर्छ।तर उत्कृष्ट राजनैतिक ब्यवस्था हुंदा पनि देश बिकासको मामिलामा हामि कहाँनिर चुकिरहेका छौं यो कुरा अत्यन्तै सोचनिय छ।

अहिले देशमा जनताले खोजेजस्तो शासन ब्यवय्था हुॅदापनी किन देशले बिकासको फड्को मार्न सकिरहेको छैन त?के अहिलेका लिडहरूमा देश बिकास गर्ने आंट,शाहस र क्षमता नभएकै हो त?देशलेको राजनैतिक ब्यवस्थामा परिवर्तन त भयो तर लिडरहरूको प्रवृतीमा परिवर्तन नहुने हो भने जुन ब्यवस्था आएपनी काम नगर्ने रहेछ भन्ने कुरा नेताहरूले आफै प्रमाणित गर्दै गैरहेको भान हुन्छ।जब लिडरहरू देश र जनताको समस्या भन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त हुॅदै जान्छन त्यो देशले कसरी बिकास गर्न सक्छ?नेपालमा पनि अहिले ठ्याक्कै यही समस्या देखिएको छ।

देश बिकास हुनको लागी स्थायी सरकार भएर मात्र नहुंदो रहेछ भन्ने कुरा वर्तमान सरकारको काम गराईको स्पिटले पनि बुझ्न सकिन्छ।त्यसो त १०४ बर्ष सम्म पनी स्थायी रूपमा नै राणाशासन थियो र झण्डै तिस बर्ष प्रत्यक्ष पंचायतकालमा स्थिर नै थियो ।तर पनि नेपाल किन विकसीत हुन सकेन?कुरो फेरी पनि नियतकै आंउछ!जुनखालको शासन ब्यवस्था आएपनि।सरकार स्थिर भएपनि शासकको देश विकासको स्पस्ट खाका र भिजन भएन भने ‘जुन जोगि आएपनि कानै चिरेको ‘हुन्छ।

देशबिकास भन्ने कुरा कुनै भाषणमा सिमित राख्ने कुरा होईन।देशबिकास त एउटा ढृढ संकल्प हो।जब कुनैपनि मानिस जिन्दगिमा कुनै पेशा ब्यावयाय,नोकरी नगरी कुनै पार्टिलाई चाकडी गरेको भरमा सत्तामा पुगेको छ भने ऊसलाई रोजगार दिने सम्बनधमा कसरी ज्ञान हुन्छ।उदाहरणको लागि पेटको डाक्टरले टाउकाको अप्रेसन गर्यो भने सफल हन्छ त?बिलकुल हुदैन यही कुरा अहिलेको नेपाली राजनीतिमा देखिएको छ।राजनैतिक परिवर्तनमा योगदान दिएका ब्यक्ति भनेर हाम्ले देश बिकासको जिम्मा पनि यिनीहरूलाई नै दिईरहेका छौ,कतै टाउकाको अप्रेसन गर्न पेटको डाक्टरलाई जिम्मा लगाईरहेका त छैनौ भन्ने कुरा सोच्नु पर्ने भएको छ।

नेपालमा नेता बन्नको लागि कुनै बिज्ञता हाॅसिल गर्नु पर्ऱ्दैन बस कुनै नेताको मज्जासंग चाकडी गरे हुन्छ।या कुनै नेताको नातेदार भए पुग्छ।अनि यसरी चाकडी गरेर नेता भएपछि उनिहरूले देश र जनताको बारेमा किन सोचुन्।आफुभन्दा अगाडिका नेताहरूले कुनै पेशा नगरीकन महल बनाएको देखेका हरूले किन अरू जागिर गर्छन?ऊनीहरू चाकडी गरेर भएपनि नेता बन्ने अनि त्यस्तै महल बनाउने सपना देखिरहेका छन्।त्यसैले अब हाम्रा सन्ततिलाई शुसासन र सभ्य देश हस्तान्तरण गर्न पनि यि खालका कपट भएका नेताहरूलाई नेपाली जनताले बेलैमा चिनेर सबक सिकाउनु पर्दछ।

यदि हाम्रो देशमा एकजना मात्र पनि भिजन भएको नेता हुन्थ्यो भने देशको कायापलट गर्न धेरै समय नै लाग्ने थिएन।कुनै समयमा नेपालकै बराबर हैसियतमा रहेका राष्ट्रहरू अहिले कहाँ गुगिसके?दोस्रो विश्वयुद्दताका नेपालले अन्न सहयोग गरेको दक्षिण कोरिया अहिले विश्व अर्थतन्त्रको प्रमुख देशमध्यमा पर्दछ।तर हामि अहिले कुन स्थितिमा छौं?बालुवा बाहेक केही नभएका खाडी मुलुकहरूमा हामि प्राकृतिक सम्पदाले भरिपूण देशका नागरिक श्रम बेच्न जानुपर्ने स्थिती छ।

कुरा स्पष्ट छ अरू देशले सक्षम कुशल नेतृत्व पायो भने हाम्रो देशले आर्थिक भिजन भएको नेता पाएन।देशमा भएका प्राकृतिक श्रोत साधनको मितब्ययी तवरले प्रयोग गरी देशमा भएको कृषि जमिनलाई सही उपयोग गरेर हाम्रो देश आफ्नो खुट्टामा उभिन सक्ने थियो।तर नेताहरूका बिभिन्न स्वार्थले गर्दा देश बिकास फगत एउटा चुनावको बेला जनतालाई झुक्याउने मेलो मात्र भैरहेको छ।अब पनि जनता चनाखो नहुने हे भने यिनीहरूले सुनजस्तो देशलाई ढुङ्गा बनाएर छाड्ने निश्चित छ।

तपाई हाम्रो नेताको जिवनस्तर कसरी चलिरहेको छ?ऊ आफ्नो कर्म गरेर खाएको छ की राज्यको ढुकुटिमा ऱ्याल चुहाएर बसेको छ भन्ने कुराको निग्रानी गरौं।आफ्नो सानोतिनो भएपनी पेशा नगरेको ,आफ्नो खुट्टामा पनि उभिन नसकेको मान्छे जनतालाई आफ्नो खुट्टामा ऊभिने गॅराउछु भन्दै आंउछ भन्ने त्यस्तो गफाडिलाई बहिस्कार गरौं।यदि यसो गरिएन भने ‘ऊ’बेलामा घरमा भएको पानिट्याङ्की मा पैसा लुकाउनेहरूका ट्याङ्कीमा कहिलै पनी पानि भरिदैन।भरिन्छ त केबल देश लुटेको अकुत सम्पति।

लेखक: सी.पी चौधरी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्