भारतीय प्रधानमन्त्री मोदी राम मन्दिरको ‘भूमि पूजन’ का लागि अयोध्या जादै



काठमाडौं / ०४ साउन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘भूमि पूजन’ समारोहका लागि अगस्ट ५ मा अयोध्या जाने भएका छन् ।

भारतीय सञ्‍चार माध्यम डीएनए इण्डियाका अनुसार प्रधानमन्त्री मोदी अगस्ट ५ बिहान ११ बजेदेखि दिउँसो १:१० बजेसम्म अयोध्या को पुजामा हुने बताइएको छ ।

उक्त पूजा काशी र वाराणसीका पण्डितहरुले गराउने जनाइएको छ ।

श्री रामजन्मभूमि तिर्थ क्षेत्र ट्रस्टको अयोध्यामा शनिबार बसेको बैठकले ‘भूमि पूजन’ को मिति तय गिएको हो ।

ट्रस्टले त्यहाँको जमिनमा राममन्दिर बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिलान्यासका लागि आमन्त्रण गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्